हुथी विद्रोहीमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकार तयार
साना । यमनको सरकारले यहाँका हुथी विद्रोहीका विरुद्धमा यहाँको ताइज सरहमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न सहमत भएको जनाएको छ । जोर्डनको राजधानी अम्मानमा यमनी सरकार र हुथी विद्रोहीहरुका प्रतिनिधिका बीचमा वार्ता जारी रहेको छ ।
केही दिनदेखि जारी रहेको सो वार्ताका क्रममा यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गले मंगलबार सो प्रस्ताव गरेका थिए । प्रस्तावमा ताइजमा हुथीहरुका विरुद्ध लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने जनाइएको छ ।
यता यमन सरकारका प्रतिनिधिहरु सो प्रस्ताव मान्न तयार भएको तर पनि त्यसका लागि हुथीहरुले पनि सो सहरमा जाने बाटो बन्द गराएका खोल्नुपर्ने जनाएको छ ।
अम्मानमा जारी रहेको सो वार्तामा यमनका सरकारी प्रतिनिधिहरुले संयुक्त राष्ट्रसङ्घले राखेको प्रस्तावमा स्वीकृति जनाएका हुन् । अम्मानमा गएको आइतबारदेखि यमनी सरकार र हुथी विद्रोहीका बीचमा वार्ता जारी छ । सो वार्तामासंयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्बर्ग पनि उपस्थित छन् ।
यी तीन पक्षबीच आइतबारबाट सुरु भएको यो दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ । पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएपछि यो दोस्रो चरणको वार्ता सुरु भएको हो ।
यहाँ धेरै वर्षदेखि विद्रोह र हिंसा हुँदै गएपछि यसको राजनीतिक समाधान निकाल्नुपर्नेमा जोड दिइएको थियो । सोही कारण संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको उपस्थितिमा यहाँकोे विद्रोहको राजनीतिक समाधान निकाल्नका लागि भन्दै यो वार्ता सुरु भएको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया