मध्य इरानमा रेल दुर्घटना १० जनाकाे मृत्यु
तेहरान । मध्य इरानमा बुधबार मशहद र याजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तिमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यममले जानकारी दिएको छ ।
घटनामा दश जनाको मृत्यु भएको छ र अरु धेरै घाइते भएका राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले सरकारी टेलिभिजनलाई उद्धृत गर्दै भनेका छन् । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको उनले थप जानकारी दिए ।
इरानको सरकारी स्वामित्वमा रहेको रेलवेका उपप्रमुख मिर हसन मुसावीले उक्त रेलमा ३४८ जना यात्रु सवार रहेका सरकारी सञ्चार माध्यमलाई बताउनु भएको छ । ट्र्याकनजिकै रहेको एउटा उत्खननकर्तालाई ठक्कर दिएपछि पटरीबाट खसेको उनले बताए । ।
बुधबार बिहान ५ः३० बजे दुर्घटना भएको यस रेलका ११ वटा डिब्बा मध्ये पाँचवटा ट्र्याकबाट बाहिरिएका आपातकालीन सेवाहरूले जानकारी दिएको छ । सन् २०१६ मा, उत्तरी इरानमा दुईवटा रेलहरू ठोक्किएर भएको आगलागीमा परी ४४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौं घाइते भएका थिए ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया