NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

महिला हिंसा अन्त्य गर्न सांसदहरुको माग

काठमाडौं । राष्ट्रियसभाका सांसदले देशैभरी भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जयन्तीदेवी राईले दार्चुलामा एक महिलालाई जिउँदै जलाएर मारिएको घटनाप्रति भत्र्सना गर्दै दोषी उपर कारवाही गर्न माग गरे । सांसद नरबहादुर विष्टले सामाजिक सञ्जालमा महिला हिंसाका घटनाबारे भएका जथाभावी अश्लील भिडियो प्रसारण गर्ने व्यक्तिलाई कारवाहीको माग गरे ।

सांसद उद्यबहादुर बोहराले सल्यानमा काठको तस्करी भइरहेकाबारे ध्यानाकर्षण गराउँदै मापदण्ड विपरित क्रसर सञ्चालन गर्ने र नदी उत्खनन गर्नेलाई कारवाही हुनुपर्नेमा जोड दिए । सांसद गोपालकुमार बस्नतले भने, ठेक्का प्रक्रिया सुरु गर्ने तर ठेक्काको काम अधुरो छाड्ने ठेकदारमाथि कारवाही हुन्छ कि हुँदैन ?

सांसद तुलप्रसाद विश्वकर्माले नवलपरासी–पूर्वमा पछिल्लो समयमा भएको जातीय भेदभाव तथा छुवाछूतको घटनालाई जवरजस्ती मिलापत्र गरिएको भन्दै आपत्ति जनाए । सांसद दुर्गा गुरुङले सुर्खेतका किसानले अहिलेसम्म पनि मल पाउन सकेका छैनन, सहजरुपमा मल कहिले पाइन्छ भनी प्रश्न गरे ।

सांसद नारणदत्त मिश्रले रासायनिक मलको अभाव पूर्ति गर्न सरकारको ध्यानाकर्षण गराए ।

ताजा अपडेट

नेपालवाच विशेष