संघीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्छ

काठमाडाैं । राष्ट्रियसभाका सांसद जगप्रसाद तिमिल्सिनाले सङ्घीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै संघीयता सुहाउँदो पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुँदा भ्रष्टाचार न्यूनीकरण हुने उनले तर्क गरे ।
सांसद भगवती न्यौपानेले नेपालको परराष्ट्र नीतिको सम्बन्धमा सरकारको प्रस्ट धारणा हुनुपर्ने माग गर्दै यसका बारेमा सबै राजनीतिक दलहरुको सल्लाह सुझाव लिएर सन्तुलित नीति अवलम्बल गर्नुपर्नेमा जोड दिइन् । सांसद कृष्णप्रसाद पौडेलले मुलुकको समग्र विकासको आधार मानिने शिक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले समृद्ध, समतामूलक, सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न सक्ने शिक्षाको आवश्यकता औँल्याउँदै सीपमूलक, ज्ञानमूलक र उत्पादनशील शिक्षा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या अत्यन्त कमजोर छ, देशको आवश्यकताका आधारमा शिक्षा प्रणाली हुनुपर्छ ।’
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया