NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

बालेनको सार्वजनिक शौचालय अभियानमा निरन्तर सफलता : दर्जनौँ होटल, रेष्टुरेन्टदेखि बैंकसम्मको सहयोग

काठमाडौं । धेरैको कर्मथलो काठमाडौं । अझ भनौँ चारै दिशाका मानिसहरु भेला हुने ठाउँ नै काठमाडौं हो । यहाँ कोही रोजगारीको सिलशिलामा त कोही अध्ययन तथा कोही व्यापार व्यवसायको लागि दौडधूपमा हुने गर्छन् ।

काठमाडौं जति विकसित छ, त्यो भन्दौ कैयौँ धेरै अव्यवस्थित पनि छ । सबैको साझा थलो सहर काठमाडौंँ भएता पनि यहाँ सडकदेखि लिएर पार्किङ, शौचालय, बसोबास निकै अव्यस्थित छ । अव्यस्थित हुँदाहुँदै पनि यहाँका बासिन्दा बस्न बाध्य छन् । यहाँ बसोबास गर्ने मानिसले भोग्नुपरेको अर्को पीडा हो, फोहोरको व्यवस्थापन सही तरिकाले नहुनु ।

काठमाडौंमा लामो समयदेखि समयदेखि फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा समाधान हुन सकेको छैन । काठमाडौंको फोहोर व्यवस्थापन गर्ने ठाउँ (सिसडोल र बञ्चरेडाँडा) मा त्यहाँका बासिन्दाले बेलाबेला अवरोध सिर्जना गर्दा महिनौँसम्म फोहोर सडकमा थुप्रिएको हाम्रै आँखाले देखिरहेका छौँ । हामीले त्यसको पीडा खेपिरहेका छौँ । मूख्य सडक र गल्लीमा फोहोर थुप्रिँदा वरिपरी बासिन्दालाई बस्न असहज एकातिर छँदै छ, अर्कोतिर फोहोरकै कारण विभिन्न रोग फैलिने डर छ ।

त्यस्तै काठमाडौंमा अर्को मूख्य समस्या सार्वजनिक शौचालयको छ । यहाँ भन्नेवित्तिकै शौचालय पाउन मुस्किल हुन्छ । यहाँ धेरैले भोग्नुपरेको पीडा सहरमा दिशा, पिसाब लाग्दा शौचालयको अभाव छ । केही स्थानमा सार्वजनिक शौचालय छ, तर अव्यवस्थित र फोहोर । शौचालय भएको ठाउँमा कतै पानी हुँदैन, कतै ढोका त, कतै ढोकामा चुकुल नै हुँदैन । यो पीडा काठमाडौंबासीलगायत यहाँ घुमफिर गर्न आउनेले सधैं भोग्नुपरेको छ ।

भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएर काठमाडौंमा नयाँ मेयर उदाएपछि भने यो समस्या विस्तारै हल हुँदै जाने देखिएको छ । काठमाडौंको मेयरमा युवाहरूको माझमा छाएका र्यापार बालेन्द्र शाह(बालेन) निर्वाचित भएपछि सार्वजनिक शौचालयको परिभाषा बदलिनेतिर गएको छ । महानगरको मेयरमा उनी निर्वाचित भएसँगै काठमाडौंबासीले सार्वजनिक शौचालयको पहुँच सहज हुने आशा लिएका छन् ।

मेयर शाहले पनि आफू निर्वाचित भएसँगै जनताकै समस्यामा केन्द्रित हने बताएका थिए । उनले मेयर पदको सपथ ग्रहणपछि पूर्वघोषणाअनुसार कार्यापालिकाको बैठक लाइभ गरे । उनले सो बैठकममा काठमाडौंको फोहोर व्यवस्थापन र शौचालयको मुद्दा उठाएका थिए ।

यस्तो घोषणामा दिनदिनै जस्तो थपिने क्रम जारी छ । बालेनको अभियानमा स्वतःस्फूर्त घोषणाको क्रम बढेपछि केही संस्थाले शौचालय निशुल्क शौचालय सफाइ गरिदिने घोषणासमेत गर्न थालेका छन्

महानगरले महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउने महत्वकांक्षी योजना अघि सार्यो । इच्छुकहरूलाई महानगरको सार्वजनिक निजी साझेदारी इकाइमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिएको छ ।

मेयर शाहको यो योजनालाई धेरैले सकारात्मक लिए र ग्रहण पनि गरे । त्यसको प्रभाव अहिले देखिन थालेको छ । अहिले केही होटल, रेष्टुरेन्टले आफ्नो शौचालय सार्वजनिक शौचालय बनाउने सूचना जारी गरी बालेनको अभियानमा सहयोग पुर्याउन थालेका छन् । कतिले सुरु गर्ने क्रममा छन् ।

मेयर शाहको योजना विस्तारै काठमाडौंका क्षेत्रलगायतबाहिर पनि लागू हुन थालेको छ । यसले गर्दा दिशापिसाब लाग्दा महानगरमा भौतारिनुपर्ने समस्या समाधान हुने अपेक्षा गरिएको छ । सरकारले नै पर्याप्त सार्वजनिक शौचालय बनाउन नसक्दासम्म होटल, बैंक, व्यवसायीहरूले गर्ने यस्ता स्वतःस्फूर्त घोषणाले निक्कै सहयोग पुर्याउने देखिन्छ । निजी क्षेत्रका यस्ता संस्थामा निलो रंगको स्टिकर राखेर चिन्न सजिलो हुने संकेत महानगपालिकाले उपलब्ध गराएको छ । यस्तो अभियानमा दुई दर्जन बढीले सहयोगको स्वघोषणा गरिसकेका छन् ।

बालेनको एकै घोषणामा कतिपयले स्वतःस्फूर्तत रुपमा त कतिपयले महानगरापालिकासँग समन्वय गरेर आफ्नो होटल, व्यावसायिक संस्थाका शौचालयलाई सार्वजनिक बनाउने घोषणा गरेका हुन् । यस्तो घोषणामा दिनदिनै जस्तो थपिने क्रम जारी छ । बालेनको अभियानमा स्वतःस्फूर्त घोषणाको क्रम बढेपछि केही संस्थाले शौचालय निशुल्क शौचालय सफाइ गरिदिने घोषणासमेत गर्न थालेका छन् । यस्तो घोषणा गर्नेमा आरेन्ज बलसहितका संस्था छन् ।

बालेनको यो अभियान व्यवहारिक रुपमा कार्यान्वयन भए सार्वजनिक शौचालयको समस्या निक्कै हदसम्म कम हुनेछ । पूर्वदेखि पश्चिम नेपालसम्मै यसको लहर देखिंदा बजार क्षेत्रमा शौचालय अभावको सास्ती क्रमशः हटेर जाने देखिन्छ ।

काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता महेशकुमार काफ्लेले यो अभियानमा काठमाडौंमा महागनरपालिका भित्र र काठमाडौंमा सार्वजनिक शौचालय घोषणा गर्नेको क्रम बढिरहेको जानकारी दिए ।
यी हुन् सार्वजनिक बनाइएका शौचालय

आरडिएक्स ट्याटु एण्ड बार

ठमेलको आरडिएक्स ट्याटु एण्ड बार सार्वजनिक शौचालय बनेको छ । मेयर शाहको प्रस्तावअनुसार सो रेस्टुरेन्टमा शौचालय प्रयोग गर्न सकिने गरी संकेत बोर्ड राखिने र निःशुल्क प्रयोग गर्न मिल्ने बनाइएको छ । सो बारले ‘हाम्रा लागि बालेन र हामी बालेनको लागि’ लेखेर बोर्डसमेत राखेको छ ।

डक गाल्वी कोरियन हाउस

काठमाडौंको बसन्तपुरमा रहेको डक गाल्वी कोरियन हाउसले सार्वजनिक शौचालय भनी घोषणा गरेको छ । त्यहाँ पनि एउटा बोर्डमा ‘बालेन हाम्रो लागि र हामी बालेनको लागि’ भनेर बोर्ड झुण्ड्याइएको छ ।

नबिल बैंक

होटल रेष्टुरेन्ट,बारमात्र नभएर बालेनको योजनामा धेरै शाखा हुने बैंकले पनि साथ दिएको छ । नेपालको ठूला बैंकमध्येको एक बैंक नबिल बैंकले पनि आजबाटै आफ्नो केन्द्रीय बैंकसहित १७ वटा शाखा बैंकहरूका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने जनाएको छ ।

सार्वजनिक शौचालय प्रयोग गर्न दिनेसम्बन्धी बैंक र महानगरबीच सम्झौता भएसँगै नबिल बैंक सार्वजनिक शौचालय प्रयोग गर्न दिने पहिलो बैंक पनि बन्न सफल भएको छ ।

केटिएम ह्यानकुक साराङ

ठमेलस्थित केटिएम ह्यानकुक साराङले पनि मेयर शाहको निर्णयको समर्थन गर्दै निःशुल्क शौचालय प्रयोग गर्न दिने घोषणा गरेको छ । त्यहाँ रेस्टुरेन्टमा भएका चार शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउने बताइएको छ ।

होण्डा नेपाल

मेयर शाहको सार्वजनिक शौचालयको योजना होटल, रेष्टरेन्टले मात्रै हैन अटो क्षेत्रले पनि समर्थन गरेको पाइयो । जसमध्ये एक होण्डा नेपाल । होण्डा नेपालले सबै देशभरका शोरुममा निशुल्क शौचालय उपलब्ध हुने घोषणा गरेको छ । होण्डाले परिवर्तन हामीबाटै सुरु हुने र स्वच्छ वातावारण निर्माणको पहलमा आफ्नो साथ भएको पनि उल्लेख गरेको छ ।

त्यस्तै गोंगबुस्थित गुरुजी मोटर ड्राइभिङ सेन्टरले पनि आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने घोषणा गरेको छ ।
सार्वजनिक शौचालय घोषित काठमाडौंका होटल रेष्टुरेन्ट

थ्री ब्रदर रेस्टुरेन्ट(महाराजगञ्ज)
कफीघर (न्यूरोड)
बर्गर किङ एन्ड क्रन्ची फ्राइड चिकेन–(सानोपुल)
अक्टोवियर रेस्टुरेन्ट (नयाँ वानेश्वर)
माया लाउन्ज (सीतापाइला)
एमआर किचेन (बुद्धनगर)
आरेञ्ज बल संस्था (बसुन्धारा)
सिलौटो कटेज (अनामनगर)

काठमाडौं बाहिर कुन कुन ठाउँमा खोलिए ?

रोयल फुड कोर्ट

मेयर शाहले अघि सारेको सार्वजनिक शौचालयको योजना काठमाडौंभित्रका होटलमा मात्र सीमित भएको छैन । यस्तो अभियानको लाभ काठमाडौंबाहिर पनि लिन पाइने भएको छ । यसको एक उदाहरण बुटवलमा रहेको रोयल फुड कोर्ट पनि हो । आफ्नो होटलमा रहेका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने घोषणा होटलले गरेको छ । सो होटलले मेहर शाहको तस्बिरसहित ‘बालेन हाम्रो लागि र हामी बालेनको लागि’ भन्ने बोर्ड राखेको छ ।

कन्याम होटल

इलामको कन्याम होटलले तपाइँहरुकै सेवामा भन्दै निःशुल्क सार्वजनिक शौचालय घोषणा गरेको छ ।

न्यू सुगम होटल

कपिलवस्तुको चन्द्रौटामा रहेको न्यु सुगम होटलले पनि आफ्नो शौचालयलाई सर्वसाधारणको लागि प्रयोगमा ल्याउने घोषणा गरेको छ । सो होटलले पनि बालेनको निर्णयलाई साथ दिँदै सो घोषणा गरेका छन् ।

काठमाडौंबाहिरका यी होटलले पनि साथ

बिएफसी फुडल्यान्ड (भैरहवा बुद्धचोक)
तिरुपति अटो प्यालेस (विराटनगर)
द लन्डन करी रेस्ट्रो (तुलसीपुर दाङ)
हेरिटेज गेष्ट हाउस (बन्दीपुर)
शिखर साकोस (विर्तामोड)
वादा क्याफेटेरिया (वालिङ)