अपि पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अपि पावर कम्पनीको लिलामी सेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले जेठ १८ गतेदखि उक्त लिलामी सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले चार लाख ४९ हजार ३२८ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीको लिलामी सेयरमा लगानीकर्ताले सय रुपैयाँ अंकित मूल्यलाई आधार मानेर सो भन्दा बढी भाउ तोकी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
उक्त सेयरका लागि लगानीकर्ताले मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, पोखरा, बुटवल, इटहरी, नारायणगढ, विरगञ्ज, सुर्खेत,धनगढी, जनकपुर र नेपालगञ्जका शाखाबाट आवेदन दिन सक्नेछन् ।
सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेका छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया