यस्तो छ भासिएको पृथ्वी राजमार्गको सडक (भिडियोसहित)
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित ड्याम नजिक सडक भासिएको छ ।
लगातारको वर्षाले गएराति सडक भासिएको हो । सडकको ठूलो क्षेत्र भासिएर खसेको र माथिल्लो भागमा चट्टानको पहरो रहेकाले एकतर्फी रूपमा सवारी सञ्चालन गर्ने सम्भावना देखिएको छैन ।
सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
तत्काल सञ्चालन हुने अवस्था नरहेपछि प्रहरीले जुन दिशाबाट आएको हो, त्यसैतर्फ सवारी साधन फर्काइदिएको छ ।
सडक सञ्चालन हुने सम्भावना नरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया