‘युक्रेन-रुस युद्धमा दैनिक २०० युक्रेनी सैनिक मारिँदैछन्’
किएभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका एक वरिष्ठ सहयोगीले बीबीसीसँगको कुराकानीमा रुससँगको युद्धका क्रममा हरेक दिन करिब १०० देखि २०० युक्रेनी सैनिक फ्रन्टलाइनमा मारिने गरेको दाबी गरेका छन् ।
यो संख्या अघिल्लो अनुमानभन्दा बढी हो । बिहीबार युक्रेनका रक्षामन्त्रीले युक्रेनले हरेक दिन आफ्ना १०० सैनिक गुमाउने र ५०० भन्दा बढी घाइते भएको दाबी गरेका थिए । मिखाइलो पोडोलियाकले पूर्वी डोनबासमा चलिरहेको युद्धमा रुससँग लड्न युक्रेनलाई सयौं पश्चिमी बन्दुकको आवश्यकता रहेको बताए ।
उनले किएभ मस्कोसँग शान्ति वार्ता पुनः सुरु गर्न तयार नभएको पनि बताए । युक्रेनी सेनाले लगातार गोलीबारी र बम आक्रमणको सामना गरिरहेको छ ।
युक्रेनको क्षेत्र डोनबासमा अहिले पनि भीषण युद्ध चलिरहेको छ । रुसी सेना सम्पूर्ण डोनबास क्षेत्र नै नियन्त्रण गर्न कोशिस गर्दैछ ।
पोडोलियाकले भने, ‘रुसी सेनाले यस युद्धमा परमाणु बमबाहेक सबै हतियार प्रयोग गरेको छ । चाहे त्यो भारी आर्टिलरी होस्, रकेट प्रक्षेपण होस् वा हवाई हमला होस् ।’
युक्रेनले लगातार पश्चिमी देशहरूसँग हतियारको माग गर्दै आएको छ । सोही माग दोहोर्याउँदै पोडोलियाकले रुस र युक्रेनसँगको सेना र हतियारको असमानता नै युक्रेनलाई हुने क्षतिको मुख्य कारण भएको बताए ।
शान्ति वार्ताका सम्बन्धमा उनले रुसी सेनाहरू फेब्रुअरी २४ मा आक्रमण सुरु हुनुअघि भएको ठाउँमा नफर्केसम्म युक्रेन शान्ति वार्ताको टेबलमा नआउने बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया