असारभित्रै मर्जरको प्रक्रियामा जाने बीमा कम्पनीले मात्रै छुट पाउने, के के छुट पाउनेछन् ?
काठमाडाैं । बीमा समितिले असारभित्रै मर्जरको प्रक्रियामा जाने बीमा कम्पनीलाई मात्रै छुट दिने भएको छ । बीमा समितिले २०७९ असारभित्र मर्जरको प्रकृयामा जाने बीमा कम्पनीहरुलाई विभिन्न सेवा तथा सुविधामा छुट दिने भएको हो ।
समितिबाट जारी बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ को दफा ४ बमोजिम न्युनतम चुक्तापुँजी पूरा गर्न मर्जरमा जाने बीमकहरुले तोकिएको समयअवधिभित्र मर्जर प्रक्रियामा गएमा आयकर ऐन २०५८ को दफा (४७) क अनुसार सुविधा पाउने समितिले जनाएको छ ।
आयकर ऐन २०५८ दफा ४७ (क) मा पुँजीगत लाभकर, लाभांश कर र कर्मचारीको अवकाश भुक्तानीमा कर छुट तथा सुविधाको व्यवस्था छ ।
- बीमक गाभिएपश्चात कायम हुने नयाँ बीमकममा कायम रहेका सेयरधनीहरुले आफ्नो सेयर गाभिएको मितिले दुई वर्षभित्र बिक्र गरेमा बिक्री भएको सेयरमा पुँजीगत लाभकर नलाग्ने ।
- बीकमहरुमा गाभिएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गनरेको लाभांशमा कर नलाग्ने
- गाभिने प्रक्रियामा रहेका कर्मचारीलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुक्तानीमा एकमुष्ट भुक्तानी अवकाश कर कट्टी गर्नुपर्ने दरमा ५० प्रतिशत छुट दिने
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया