NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

एचआइडीसीएलले ३ करोड ३० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले उक्त सेयर असार ५ गतेबाट बिक्री गर्ने भएको हो ।

कम्पनीले तीन करोड ३० लाख कित्ता सेयर बोलकबोलमार्फत बिक्री गर्ने जनाएको छ । कम्पनीका अनुसार बिक्री गर्न लागेको  सेयर सबै व्यक्ति, संस्था तथा कम्पनीले खरिद गर्न सक्नेछन् । खरिद गर्न चाहने खरिदकर्ताले न्यूनतम सय रुपैयाँ वा सोभन्दा बढी अंकित मूल्यमा खरिद गर्न सक्ने छन् ।

सेयर खरिदका लागि भने खरिदकर्ताले जेठ १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । उक्त बोलपत्र ग्लोबल आइएमई क्यापिटल नक्साल र काठमाडौंबाट बुझाउन सकिने कम्पनीले जनाएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको शाखा कार्यालय विर्तामोड, जनकपुर, विरगञ्ज, हेटौडा र नारायणगढ, पोखारा, वुटवल, सुर्खेत, घोराही, महेन्द«नगर तथा धनगढीबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।