एचआइडीसीएलले ३ करोड ३० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै
काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले उक्त सेयर असार ५ गतेबाट बिक्री गर्ने भएको हो ।
कम्पनीले तीन करोड ३० लाख कित्ता सेयर बोलकबोलमार्फत बिक्री गर्ने जनाएको छ । कम्पनीका अनुसार बिक्री गर्न लागेको सेयर सबै व्यक्ति, संस्था तथा कम्पनीले खरिद गर्न सक्नेछन् । खरिद गर्न चाहने खरिदकर्ताले न्यूनतम सय रुपैयाँ वा सोभन्दा बढी अंकित मूल्यमा खरिद गर्न सक्ने छन् ।
सेयर खरिदका लागि भने खरिदकर्ताले जेठ १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । उक्त बोलपत्र ग्लोबल आइएमई क्यापिटल नक्साल र काठमाडौंबाट बुझाउन सकिने कम्पनीले जनाएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको शाखा कार्यालय विर्तामोड, जनकपुर, विरगञ्ज, हेटौडा र नारायणगढ, पोखारा, वुटवल, सुर्खेत, घोराही, महेन्द«नगर तथा धनगढीबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया