साताको अन्तिम दिन पनि नेप्सेमा पहिरो, कारोबार रकम ८९ करोडमा खुम्चियो

काठमाडाैं । साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से १४.६४ अंकले घटेर २०४८.१६ विन्दुमा झरेको छ ।
आज सेन्सेटिभ इण्डेक्स ४.३१ अंक घटेर ३९२.०६ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज कुल २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता सेयर खरिदबिक्री हुँदा ८९ करोड ४१ लाख २४ हजार ११४ रूपैयाँको कारोबार भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये उत्पादन उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत घटेको छ । व्यापार, होटल तथा पर्यटन, विकास बैंक, वित्त, अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । बाँकीको १ प्रतिशतभन्दा कमले घटेको छ ।
आज नेप्से घटेपनि ग्रिन भेञ्चर्स र उपकार लघुवित्तको सेयरमा सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । आज दुबै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै बलेफी हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन सामूहिक लघुवित्त वित्तिय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले ५.७५ प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमका आधारमा कुमारी बैंकको सर्वाधिक ५ करोड ५ लाख ४५ हजार १६८ रुपैयाँको कारोबार भएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड २४ लाख १४ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया