NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

गरिमा विकास बैंक र सोल्टी होटलबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

काठमाडाैं । ५ तारे होटल ‘सोल्टी होटल’ र गरिमा विकास बैंकबीच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्र अनुसार गरिमा बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडाैंमा रहेको सोल्टी होटल काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १० प्रतिशत छुट पाउन सक्नेछन् ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आइरहेको छ ।