वैशाखसम्ममा १८८ अर्ब २२ करोड रूपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनको लागि अनुमति
काठमाडाैं । नेपाल धितोपत्र बोर्ड(सेबनले) चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनासम्ममा कुल १८८ अर्ब २२ करोड बराबरको थप धितोपत्र सार्वजनिक निष्काशनको लागि अनुमति दिएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार ५४ अर्ब ५० करोड रूपैयाँ बराबरको विकास ऋणपत्र, ४९ अर्ब ३४ करोड बराबरको बोनस सेयर, ४९ अर्ब १६ करोड बराबरको डिबेन्चर, २२ अर्ब ७ करोड बराबरको साधारण शेयर, ९ अर्ब ४० करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी सो रकम बराबरको धितोपत्र सार्वजनिक निष्काशनको लागि अनुमति दिएको हो ।
२०७८ वैशाख मसान्तमा २६८४.१ रहेको नेप्से सूचकाङ्क चालु आवको वैशाख मसान्तमा २३५०.४ पुगेको छ । बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब ५६ करोड पुगेको छ । २०७८ बैशाख मसान्तमा बजार पुँजीकरण ३७ खर्ब २४ अर्ब ५५ करोड रहेको थियो ।
चालु आवको बैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४८ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७७ बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६७.४ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.५ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।
नेप्सेमा वैशाखसम्ममा सूचीकृत ६ अर्ब ७१ करोड शेयरको चुक्ता मूल्य रु. ६६२ अर्ब १० करोड रहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया