NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

धादिङका मेयरका अंगरक्षकबाट सर्वसाधरणमाथि निर्घात कुटपिट

काठमाडौं । स्थानीय जनप्रतिनिधिका अंगरक्षकको काम सुरक्षा दिने हो । तर, धादिङका एक जनप्रतिनिधिका अंगरक्षकले सर्वसाधरलाई कार्यालयमै पुगेर निर्घात कुटपिट गरेका छन् ।

धादिङस्थित निलकण्ठ नगरपालिकाका मेयर भिम ढुंगानाका बडिगार्ड दिनेश थापा मगरले सर्वसाधरण हरि कुमार श्रेष्ठलाई उनको कार्यालयमै पुगेर निर्घात कुटपिट गरेका हुन् ।

श्रेष्ठ निलकण्ठ नगरपालिका ५ खाल्टेका बासिन्दा हुन् । कुटपिटबाट घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको जनाइएको छ । दिउँसो दुई बजे कार्यालयमा काम गरिरहेको अवस्थामा थापा मगरले उनीमाथि धारिलो हतियारसहित आक्रमण गरेको स्थानीयको दाबी छ ।

माओवादी केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ कन्सल्टेन्सी व्यवसायी हुन् ।

यो स्थानीय तह चुनावमा निलकण्ठ नगरपालिकामा माओवादी र कांग्रेसबीच चुनावी गठबन्धन भएको थियो । तालमेल गरेर माओवादीकै भोटबाट मेयरमा विजयी भएका ढुंगानाकै अंगरक्षकले माओवादी केन्द्रीय सदस्यमाथि आक्रमण गरेका हुन् ।