NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

प्रिमियर इन्टरनेशनल बन्यो नेपालको पहिलो ‘आईबी कन्टिन्युम स्कुल अफ इन्टरनेशनल एजुकेशन’

ललितपुरस्थित सातदोबाटोको खुमलटार हाइटमा अवस्थित प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो र एकमात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल भएको छ ।

गत जेठ ८मा आइबिडिपी कार्यक्रमको लागि इन्टरनेसनल ब्याकलुरियट (आईबी) बाट मान्यता प्राप्त गरेको प्रिमियर इन्टरनेशनल स्कुल अब पूर्ण रुपमा आईबी कन्टिन्युम स्कुलको रुपमा स्थापित भएको छ ।

आईबीले विश्वभरका १५९ भन्दा बढी देशहरूमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम , डिप्लोमा कार्यक्रम र करियर सम्बन्धित कार्यक्रम गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रमहरूको कन्टिन्युम प्रदान गर्दै आएको छ । वर्षभर उच्च स्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी चार मुख्य कार्यक्रमहरू मध्ये न्यूनतम तीन मुख्य कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयहरुलाई कन्टिन्युम विद्यालयका रुपमा चिनिन्छ।

केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आइबी पिवाइपी कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो आइबी वल्र्ड स्कुल हो । त्यसैगरी क्रमशः २०१४ र २०१७ मा स्विट्जरल्याण्डमा अवस्थित आइबीबाट मान्यता प्राप्त भए पश्चात् कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि आइबी एमवाइपी कार्यक्रमहरु प्रदान गर्ने पनि प्रिमियर नेपालको पहिलो र एक मात्र स्कुल हो । हाल यस स्कुलले आईबी का प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम एमवाइपी र डिप्लोमा कार्यक्रम गरी तीन मुख्य कार्यक्रमहरू प्रदान गर्दै पूर्ण आईबी कन्टिन्युम स्कुलको रुपमा स्थापित भएको छ ।

त्यस्तै गरी, १५० भन्दा बढी देशहरूमा मान्यता प्राप्त ११ औं र १२ औं कक्षाका विद्यार्थीहरूका लागि सबैभन्दा कठिन प्रि–यूनिभर्सिटी कार्यक्रमहरू मध्ये एक मानिने नयाँ आइबिडिपी कार्यक्रम पनि हाल प्रिमियर स्कुलले संचालनमा ल्याएको छ । यी तीन आइबी कार्यक्रमहरूले विद्यार्थीहरुको सीपलाई अझ विकास गरी भविष्यका लागि तयार बनाउने छ जसकारण विद्यार्थीहरु लिडरका रूपमा अघि बढी विश्वभर जिम्मेवार नागरिकको पहिचान बोकी यस संसारलाई योगदान पु-याउन सक्षम हुनेछन् ।

प्रिमियरले आईबी कन्टिन्युम स्कुलको दर्जा पाएसँगै नेपालमा अन्तर्राष्ट्रिय शिक्षा चाहने अभिभावक तथा विद्यार्थीहरूका लागि एउटै विद्यालयको छत्रछायाँमा आइबी को सम्पूर्ण कार्यक्रमहरु उपलब्ध हुनेछन् । विद्यालय र नेपालको समग्र शिक्षा प्रणालीका लागि यो ठूलो उपलब्धि भएको दाबी गर्दै प्रिमियर इन्टरनेशनल स्कुलका संस्थापक पवित्रा लिम्बु भन्छिन्, “ प्रिमियर इन्टरनेशनल स्कुलले प्राप्त गरेको आईबी कन्टिन्युम स्कुल स्कुलको उपलब्धीसँगै नेपालमा अन्तर्राष्ट्रिय विद्यालय शिक्षाको क्षेत्रमा नयाँ आयामको थालनी भएको छ । ”

ताजा अपडेट

नेपालवाच विशेष