NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २० गते

विष्णुमति करिडोरमा वृक्षरोपण

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क विष्णुमति करिडोरमा वृक्षरोपण गरिएको छ ।

अधिकार सम्पन्न वाग्तमी सभ्यता एकीकृत विकास समितिले लोत्से बहुद्देश्यीय प्रालि नयाँ बसपार्कको सहकार्यमा आज बिहान विष्णुमति करिडोरमा २०० विभिन्न जातका फलफूल तथा बिरुवा वृक्षरोपण गरेको हो ।

समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले समितिले काठमाडौं उपत्यकाभित्रका नदी प्रणाली वाग्मती र त्यसका सहायक नदीको करिडोर निर्माण गर्ने र त्यसको वातावरण सुधार गर्ने कार्य गर्दै आइरहेको जानकारी दिए ।

नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले विसं २०७६ चैत २१ गते उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका लागि कार्ययोजना तयार गर्दै उपत्यकाका मुख्य खोला किनारामा करिडोर निर्माणको काम अगाडि बढाएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष