मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीको विद्युत् उत्पादन बन्द
काठमाडौं । तीन विद्युत् गृहको उत्पादन एकसाथ बन्द हुने भएका छन् । ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युतगृहको विद्युत् उत्पादन आइतबार बन्द हुने भएका हुन् ।
मर्मत कार्य गर्नुपर्ने भएपछि यी तीनवटै विद्युत् गृहको विद्युत् आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेम्म १२ घण्टा बन्द गर्न लागिएको बताइएको छ ।
मध्यमर्स्याङ्दी –मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको थियो । नयाँ स्थानमा टावर निर्माण गरिएपछि त्यहाँ स्थानान्तरण गर्न आइतबार तार टाँग्ने तयारी छ ।
आइतबार मध्यमस्र्याङ्दीबाट विद्युत् उत्पादन बन्द भएपछि विद्युत् निर्यात कम हुनेछ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया