मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीको विद्युत् उत्पादन बन्द

काठमाडौं । तीन विद्युत् गृहको उत्पादन एकसाथ बन्द हुने भएका छन् । ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युतगृहको विद्युत् उत्पादन आइतबार बन्द हुने भएका हुन् ।
मर्मत कार्य गर्नुपर्ने भएपछि यी तीनवटै विद्युत् गृहको विद्युत् आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेम्म १२ घण्टा बन्द गर्न लागिएको बताइएको छ ।
मध्यमर्स्याङ्दी –मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको थियो । नयाँ स्थानमा टावर निर्माण गरिएपछि त्यहाँ स्थानान्तरण गर्न आइतबार तार टाँग्ने तयारी छ ।
आइतबार मध्यमस्र्याङ्दीबाट विद्युत् उत्पादन बन्द भएपछि विद्युत् निर्यात कम हुनेछ ।
प्रतिक्रिया