चीनमा विश्व प्राकृतिक सम्पदास्थलको सङ्ख्या सबैभन्दा बढी

काठमाडौं (एजेन्सी) । चीनमा विश्वकै सबैभन्दा धेरै विश्व प्राकृतिक सम्पदा क्षेत्र रहेको चीनको राष्ट्रिय वन तथा घाँसे मैदानमामिला हेर्ने कार्यालयले बताएको छ ।
शनिबार चीनको सांस्कृतिक तथा प्राकृतिक सम्पदा दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा अधिकारीहरूले चीनमा अहिले १४ वटा विश्व प्राकृतिक सम्पदा र सांस्कृतिक र प्राकृतिक दुवै विशेषताका लागि प्रख्यात चार सम्पदाहरू रहेका र दुवैले परिमाणको आधारमा विश्वलाई नेतृत्व गरिरहेका बताए ।
चीनले हरेक वर्ष जुन महिनाको दोस्रो शनिबार सांस्कृतिक तथा प्राकृतिक सम्पदा दिवस मनाउने गर्छ ।
प्रशासनले बताएअनुसार यी सम्पदा स्थलहरूले चीनको प्रतिनिधि भौगर्भिक अवशेष, भव्य पहाड, जङ्गल र तालका साथै दुर्लभ तथा खतरामा परेका वन्यजन्तु, चौपाया तथा वनस्पति प्रजातिहरूको प्रभावकारी संरक्षण गरेका छन् ।
यी क्षेत्रहरूले सांस्कृतिक अवशेष, अमूर्त सांस्कृतिक सम्पदा र ऐतिहासिक शहर, बजार तथा गाउँहरूको संरक्षणमा योगदान पुर्याएको छ ।
यसले स्थानीय मानिसहरूका लागि वार्षिक औसत पर्यटन आय १४ अर्ब चिनियाँ युआन (करिब २.१ अर्ब अमेरिकी डलर) भित्राउने गरेको छ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया