उत्तर अफगानिस्तानमा प्रमुख आतंकारीसहित ८ जनाको मृत्यु
काबुल। उत्तरी तखार प्रान्तमा विद्रोहीका एक प्रमुख कमाण्डर सहित आठ विद्रोहीको मृत्यु भएको पुष्टि भएको तालिवान नियन्त्रित प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गरेका छन् ।
तखारको प्रान्तीय राजधानी तालुकान शहरको पुलिस जिल्ला ४ मा गुप्तचर महानिर्देशनालयको विशेष अपरेसनको क्रममा, प्रमुख कमाण्डर युनुस उजबेकिस्तानी सहित आठ विद्रोही मारिएको र उनीहरू लुकेको ठाउँ शनिबार नष्ट गरिएको मुजाहिदले ट्वीट गरेका छन्। यसैबीच, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल मुबिन साफीले घटनाको पुष्टि गर्दै शनिबार दिउँसो तालुकान शहरमा भएको कारबाहीमा आठ सशस्त्र विपक्षी मारिएको र तीन जना घाइते भएको बताएका छन्।
यद्यपि अधिकारीले सुरक्षाकर्मीको हताहती भए नभएको बारे भने केही बताएनन् । स्थानीयवासीका अनुसार यस कारबाहीमा सुरक्षाकर्मीलाई पनि क्षति पुगेको थियो तर सरकारी सेनाको सम्भावित क्षतिबारे अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया