सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी कानुनको ढाँचामा सहमत
काठमाडौं (एजेन्सी) । अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानूनको मस्यौदामा सहमत भएका छन् ।
लगातारका गोलीकाण्डहरूले बन्दुक राख्ने कानून संशोधनको माग उठिरहेका बेला त्यससम्बन्धी कानूनको मस्यौदामा सिनेटरहरू सहमत भएका हुन् ।
कानूनको नयाँ ढाँचामा २१ वर्षमुनिका व्यक्तिले बन्दुक खरिद गर्दा कडा चेकजाँच गर्ने उल्लेख छ । अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने अर्को व्यवस्था पनि मस्यौदामा छ ।
यो प्रस्तावमा १० रिपब्लिकन सांसदले पनि समर्थन जनाएका छन् । बिबिसीले यसले यो कानूनको पक्षमा आवश्यक मतका पुग्नसक्ने संकेत गरेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो योजना सही दिशामा अघि बढेको तर आवश्यकभन्दा कम समर्थन जुटेको जनाएका छन् ।
पार्कल्याण्ड विद्यालय हमलामा बाँच्न सफल डेभिड हगले सानो नै भए पनि यो उपलब्धि भएको जनाएका छन् ।
यसअघि पनि अमेरिकामा बन्दुकसम्बन्धी कानून कडा पार्ने प्रयास भएका थिए । तर आवश्यक समर्थन प्राप्त गर्न नसकेर असफल भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया