घट्यो ‘ओप्पो ए१६के’ को मूल्य, अब कति ?

काठमाडाैं । ओप्पोको ए-सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन ‘ए१६के’ को मूल्य घटेको छ । गत मार्चमा नेपालमा सार्वजनिक गरिएको उक्त फोन अब ग्राहकले १७ हजार ९९० रुपैयाँमै किन्न पाउने भएका हुन् ।
यसअघि फोनको मूल्य १९ हजार ९९० रुपैयाँ थियो । ‘ओप्पो ए१६के’ ले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए-सिरीजको परम्परालाई निरन्तरता दिइरहेको छ । ओप्पोको १६.६५ सेमि (६.५२) एच्डी वाटरड्रप स्क्रिन र १६००ह् ७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरु बनाइन्छ ।
यो फोन ४२३० एमएएच लङलास्टिङ ब्याट्रीको साथ सुसज्जित छ, यसले प्रयोगकर्ताहरुलाई आवश्यक पर्दा उत्पादनशील र मनोरञ्जन दुवैका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया