NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

दुई बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सयर कारोबार रोक्का भएको छ । गत शुक्रबार यी दुवै बैंकले एक आपसमा मर्जमा तथा प्राप्तिका लागि सम्झौता गरेसँगै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

बैंकहरु मर्जरमा जाँदा कारोबार रोक्का नहुने ब्यबस्था अनुरुप यी २ बैंकको कारोबार रोक्का भएको हो ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००ः९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ।