लुगा लगाउन अल्छि लागेर शरीरभरी ट्याटू
बर्लिन । जर्मनीकी एक मोडेल केस्ट्रिन ट्रिस्टनले आफ्नो पुरै शरीरमा रंगीविरंगी ट्याटू बनाएकी छन् । उनले शरीरको सबै भागमा ट्याटू बनाएकी हुन् ।
कपडा लगाउन अल्छी लाग्ने भएका कारण आफूले शरीरभरि ट्याटू बनाएको उनले बताइन् । उनले ट्याटू बनाउन ३० हजार युराे डलर खर्च गरेकी छिन् ।
ट्रिस्टनले पाँच वर्ष पहिलादेखि शरीरमा ट्याटु बनाउन सुरु गरेकी हुन् । उनलाई भारी तथा अनकम्फटेबल कपडा लगाउन अल्छी लाग्न थालेपछि ट्याटू बनाउने सोच गरेकी थिइन् । अहिले उनले शरीरको सबै भागमा ट्याटू बनाइसकेकी छिन् । ट्याटूले गर्दा सजिलो भएको उनी बताउँछिन् ।

उनको ट्याटूमा फूल, पशुपन्छी तथा पुतलीको आकृति छ । शरीरमा थप ट्याटू बनाउन चाहे पनि कुनै भाग बाँकी नरहेको उनी बताउँछिन् । ट्याटूकै कारण केस्ट्रिन बढी चर्चामा छिन् ।
सामाजिक सञ्जालमा राम्रै फलोवर रहेको उनले ट्याटूका तस्बिरले करोडौंको कमाइ गछिन् । ५० वर्षको उमेरमा पनि उनी आफ्नो लुक्स राम्रो हुनुमा ट्याटूको ठुलो साथ रहेको ठान्छिन् ।

ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया