सोमबारको संसद बैठक स्थगित गर्न सभामुखलाई एमालेको दबाब

काठमाडौं । किसानले समयमै रासायनीक मल नपाएको भन्दै संसदमा जरूरी सार्वजनिक महत्वको विषय दर्ता गराएको एमालेले सोमबारको संसदको कारवाही रोक्न सभामुखलाई दबाब दिएको छ ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७८ बमोजिम सार्वजनिक महत्वको विषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गर्नुपर्ने मागसहित संसद सचिवालयमा एमालेका १५ जना सांसदले स्थगन प्रस्तावको सूचना दर्ता गराएका छन् ।
प्रतिपक्षी सांसदले दर्ता गराएको प्रस्तावमाथि छलफल लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारवाही २ घण्टाको लागि स्थगित गरेका थिए ।
एमालेले दर्ता गराएको प्रस्तावमा सांसदहरूले तीन-तीन मिनेटको समय लिएर आफ्नो धारणा राखेका थिए । छलफल सकिएपछि सभामुखले आधा घण्टा बैठक स्थगित गरे ।
सोमबार नै मन्त्रीहरूले सांसदले उठाएका प्रश्नको जवाफ दिने र मंगलबार बजेट पारित गर्ने कार्यतालिका भएकाले सभामुखले पुनः बैठक सञ्चालन गरे ।
अहिले त्यही विषयमा छलफल गर्न कांग्रेस, एमाले माओवादी लगायत दलका प्रमुख सचेतकहरूको बैठक नयाँ बानेश्वरमा जारी रहेको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया