पिपुल्स पावर कम्पनीलाई ३१ करोडको आइपिओ ल्याउन बोर्डिले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर कम्पनीलाई साधारण सेयर (आइपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीलाई बोर्डले ३१ करोड रुपैयाँको आइपीओ निष्कासन गर्ने अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३१ करोड रुपैयाँको ३१ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
प्रतिक्रिया