NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

महिला जनचेतना कार्यक्रममा अनियमितता गरेपछि एनजीओकर्मीविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटस्थित सेफ नेपाल नामक गैर सरकारी संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध मुद्दा दायर गरेका छ ।

यादवले संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीमा अनुसन्धान हुँदा यादवले नक्कली बिल भरपाई गरी १ लाख ७२ हजर २ सय ४० रुपैयाँ हिनामिना गरेको पुष्टि हुन आएको छ ।

रौतहटको गढीमाई नगरपालिकासँग सेफ नेपालले लक्षित वर्ग अन्तर्गत जनचेतनामूलक कार्यक्रम र महिला जनचेतनाको कार्यक्रम सञ्चालन गर्न नगरपालिकाबाछ अनुदान लिएको थियो ।

सो क्रममा यादवले उक्त रकम बदनियतपूर्वक हिनामिना गरेको पुष्टि भएपछि आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कैद सजाय र बिगोमाग दाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको हो ।