सुरेन्द्र पाण्डेले मागे अर्थमन्त्रीको राजीनामा
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।
मंगलबारको संसद बैठकको सुरुमै बोलेका पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।
अर्थमन्त्रीका विषयमा गम्भीर प्रश्न उठेकाले पदमा रहिरहन नैतिक रूपमा जायज नभएको उनको भनाइ छ ।
‘अर्थ मन्त्रीज्यूको विषयमा गम्भीर प्रश्न उठेको छ,’ पाण्डेले भने, ‘पदमा रहिरहन उहाँ सक्षम हुनुहुन्छ ? यसको जवाफ संसदलाई चाहिन्छ ।’
करको ज्यादै गोप्य र संवेदनशील विषयमा चलखेलको विषय बाहिरिएकाले त्यसमाथि छानबिन हुनुपर्ने उनको माग छ ।
‘करको ज्यादै गोपनीय विषय हो, राष्ट्रिय सुरक्षाजस्तै संवेदनशील हुन्छ यो । यसबारे साँठगाठ गम्भीर अपराध मानिन्छन् । त्यसैले यसबारे छानबिन हुनुपर्छ,’ उनले भने ।
बजेट सार्वजनिक हुने अघिल्लो दिन जेठ १४ गते मध्यराति असम्बन्धित व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको समाचार सोमबार अन्नपूर्ण पोस्ट् दैनिकले सार्वजनिक गरेको थियो । त्यसपछि अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया