NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

सरकारलाई कांग्रेस सांसदको प्रश्न– विदेशिएकालाई रोजगारी दिने योजना के छ ?

काठमाडौं । कांग्रेसकी सांसद डिला संग्रोलाले विदेशिएका युवालाई स्वदेशमा नै रोजगारी दिनेतर्फ बजेटको ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत विनियोजित बजेटबारेको छलफलमा मंगलबार सहभागी हुँदै उनले उनले विदेशिएका युवालाई देशमै रोजगाी दिने कार्ययोजना के छ भनेर प्रश्न गरिन् ।

‘युवा सक्रिय मानव स्रोत साधन हो । तर यो शक्ति विदेशिएका छन् । तिनलाई रोजगारी दिने सरकारको कार्ययोजना के छ ?,’ सांसद संगौलाले प्रश्न गरिन् ।

कुलतमा फसेका युवाको व्यवस्थापनबारे पनि उनले प्रश्न उठाएकी छन् ।

सरकारले अघि सारेको खेलमा युवाको आकर्षण बढाइने र एक विद्यालय एक खेल मैदान कार्यक्रमको कार्यान्वयनमा पनि उनले शंका व्यक्त गरिन् ।

‘खेलमा युवाको आकर्षण बढाइने भनिएको छ । एक विद्यालय, एक खेल मैदान भनिएको छ । यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?,’ उनले प्रश्न गरिन् ।

ताजा अपडेट

नेपालवाच विशेष