NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

यी हुन् विश्वका सबैभन्दा कमजोर मुद्रा

विश्वमा सबैभन्दा बढी प्रचलित मुद्रा डलर, युरोको तुलनामा नेपाली रुपैयाँ धेरै कमजोर छ । तर केही यस्ता देशहरू पनि छन्, जसको मुद्रा नेपालको भन्दा कमजोर छ । यहाँ सबैभन्दा कमजोर १० मुद्राबारे उल्लेख गरिएको छ ।

१. भेनेजुएला बाेलिवर

विश्वको सबैभन्दा कमजोर मुद्राको नाम भेनेजुएला बोलिवर हो । यसलाई भिएएफको रूपमा चिनिन्छ, यो भेनेजुएलाको राष्ट्रिय मुद्रा हो । भेनेजुएला आफ्नो प्राकृतिक सौन्दर्यको लागि संसारमा परिचित छ, यसबाहेक भेनेजुएला विश्वको सबैभन्दा ठूलो तेल भण्डार खानी र ठूलो तेल निर्यातकमध्ये एक हो । भेनेजुएलाको मुद्रामा नेपालको १ रुपैयाँ त्यहाँ ४२३८ भिइएफ हुन्छ ।

२. इरानी रियाल

इरानको मुद्राको नाम इरान हो, यसलाई पर्सिया पनि भनिन्छ । इरान ८३ मिलियन जनसंख्या भएको देश हो । जनसंख्याका हिसाबले यो विश्वको १८ औं ठूलो देश पनि हो । इरानमा मानिसहरुले पैसा गन्न सजिलाे बनाउनका लागि तोमन शब्द प्रयोग गर्छन्, यसको अर्थ एक तोमन १० रियाल बराबर हुन्छ भन्ने बुझिन्छ । नेपालको १ रुपैयाँ इरानमा ३ सय हुन्छ ।

३ .भियतनामी दोङ

भियतनामी दोङ भियतनामको राष्ट्रिय मुद्रा हो । यो दक्षिण चीन सागरनजिकैको देश हो । भियतनाम समुद्री तट, नदी, बौद्ध प्यागोडाका लागि परिचित छ । तर यसको मुद्रा विश्वको सबैभन्दा कमजोरमध्ये ३ स्थानमा पर्छ । नेपालको १ रुपैयाँ १८५ भियतनामी दोङ हुन्छ ।

४. इन्डोनेशियाली रुपैयाँ

इन्डोनेशिया टापु मुलुक हो । यो देशमा ७० हजार टापु रहेका छन् । साथै धेरै जनसंख्या भएको देशमध्ये चौथो नम्बरमा पर्छ । यहाँको प्रचलित मुद्रा बारे कुरा गर्दा यो विश्वको चौथों कमजोर मुद्रामा पर्छ । नेपालकाे १ रूपैयाँ त्यहाँ ११७ हुन्छ ।

५. उज्वेकिस्तान सोम

यो सूचीको पाँचौं नम्बरमा मध्य एसियाली मुलुक उज्वेकिस्तानको मुद्रा सोम पर्छ । उज्बेकिस्तान मस्जिद, चिहान, चीन र भूमध्यसागर बीचको पुरानो व्यापार मार्ग सिल्क रोडले जोडिएका अन्य साइटका लागि पनि परिचित छ । मुद्राको कुरा गर्दा त्यहाँ नेपाली १ रुपैयाँको ८८ सोम हुन्छ ।

६. सिएरा लियाेन

सिएरा लियोनको लियोन मुद्रा विश्वको कमजोरमध्येमा पर्छ । सियरा लियोन पश्चिम अफ्रिकाको एट्लान्टिक महासागरमा रहेको देश हो । हिरा, टाइटेनियम, बक्साइट, सुनजस्ता बहुमूल्य वस्तुका लागि यो देश प्रख्यात भए पनि आज पनि यस देशका ६० प्रतिशतभन्दा बढी जनता गरिबीमा जीवन बिताइरहेका छन् । यसको मुद्रा हेर्दा नेपालको १ रुपैयाँको त्यहाँ १०५ हुन्छ ।

७.गिनियन फ्रयांक

यो पश्चिम अफ्रिकी मुलुक गिनीको राष्ट्रिय मुद्रा हो । यो देश एट्लान्टिक महासागरको पश्चिमी क्षेत्रमा रहेको छ । यो देश प्राकृतिक रुपमा पनि उत्कृष्ट मानिन्छ । यो देश हिमाली क्षेत्र, बोटविरुवा र जनावारको संरक्षणमा अगाडि छ । यसको मुद्रा नेपाली एक रुपैयाँको त्यहाँ ७० रुपैयाँ हुन्छ । यो विश्वको सातौं कमजोर मुद्रामध्ये पर्छ ।

८. लाओसियन किप

विश्वको आठौं सबैभन्दा कमजोर मुद्राको बारे कुरा गर्दा यसमा लाओसियन किप पर्छ । लाओस देश दक्षिण पूर्व एसियाली देश हो । यसको राजधानी भेन्टियान हो । लाओस बौद्ध विहार र पहाडी क्षेत्रका लागि बढी प्रसिद्ध छ । नेपाली १ रुपैयाँको लाओसियन किप ११७ हुन्छ । यो विश्वको आठौं कमजोर मुद्रा भए पनि सन् १९५२ देखि प्रचलनमा आएको यसको मूल्य लगातार बढ्दै आएको छ ।

९. पराग्वे गुआरानी

पराग्वे दक्षिण अमेरिकाको सबैभन्दा गरिब देशमध्ये एक हो । यो देशको अर्थतन्त्र सोयाबिन र कटनको निर्यातमा बढी निर्भर छ । तर यसले देशको अर्थतन्त्र धान्न सक्दैन । देश बेरोजगारी, शिक्षाको अवस्था कमजोर, उच्च भ्रष्टाचार र आर्थिक मन्दीले अस्तव्यस्त छ । त्यहाँको मुद्रा पनि कमजोरमध्ये पर्छ । नेपाली १ रुपैयाँ त्यहाँ ५४ रुपैयाँ बराबर हुन्छ ।

१०. कम्बोडियन रियाल

कम्बोडिया विश्वमा हरियाली र पुरानो सभ्यताका लागि परिचित छ तर त्यहाँको राष्ट्रिय मुद्राका बारेमा कुरा गर्दा यो कमजोर मुद्रामध्येमा पर्छ । नेपालको १ रुपैयाँ बराबर कम्बोडियामा ३२ रियाल हुन्छ । त्यहाँको स्थानीय व्यक्तिहरुले धेरै अमेरिकी डलर प्रयोग गर्नाले यो मुद्रा सस्तो भएको हो । कम्बोडियालीहरु ऋार्थिक कारोबार र लेनदेनका लागि अमेरिकी डलर प्रयोग गर्छन् ।

यी हुन् अमेरिकी डलरभन्दा पनि बलिया विदेशी मुद्रा