मध्यराति चुकुल थुनेर राजश्व हेरफेर गरेको समचार भ्रामक र झुटको कथामात्रै हो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा मध्यराति चुकुल थुनेको विषय भ्रामक र झुटो कथा भएको जिकिर गरेका छन् ।
मंगलबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले मध्यराति अनाधिकृत व्यक्ति प्रवेश गरेको समचारमा कुनै सत्यता नभएको बताए ।
‘बजेट निर्माण गर्दा जेठ १४ गते राति मन्त्रीकै कार्यकक्षमा चुकुल थुनेर अनाधिकृत व्यक्ति प्रवेश गरेको विषय भ्रम र झुटको कथा मात्रै हो’, मन्त्री शर्माले जवाफ दिए ।
मन्त्री शर्माले बजेट निर्माण प्रक्रियाबाटै भएको दावी गर्दै कुनै शंखा नगर्न आग्रह गरे । मन्त्रीकै कार्यकक्षमा मध्यराति चुकुल थुनेर पूर्वनासुले राजश्व हेरफेर गरेको समचार प्रकाशित भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले मन्त्रीको राजीनामा माग गरेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया