दुर्घटनामा एकको मृत्युु, दुई घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–५ सिमाचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
भरतपुरबाट पदमपुरतर्फ जाँदै गरेको ना३९प २९७१ नम्बरको मोटरसाइकल र गढुवाचोकबाट पदमपुर सामुदायिक वनतर्फ आउँदै गरेको प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो ।
ठक्कर खाँदा मोटरसाइकलमा सवार कालिका नगरपालिका–९ का ५० वर्षीय बलबहादुर तामाङको मृत्युु भएको छ । उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार मोटरसाइकल चालक स्थानीय ४० वर्षीय प्रदीपकुमार श्रेष्ठ, स्कुटर पछाडि सवार कालिका नगरपालिका–३ का ६९ वर्षीय सुकबहादुर तामाङ मध्यम घाइते भएका छन् । स्कुटर चालक सुकबहादुरका छोरा ३६ वर्षीय विजमान तामाङ सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया