NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

छुटिन् प्रेमीको पत्नी कुटपिट गर्ने मन्त्री

काठमाडौं । पदीय आचरण नाघेर प्रेमीको श्रीमती र छोरीमाथि कुटपिट गर्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई अनुसन्धान टुंगिनसक्दै बीचमै प्रहरीले छाडिदिएको छ ।

मंगलबार बिहान प्रेमीको घरमा पुगेर उनको श्रीमती र छोरीमाथि हातपातमा उत्रिएकी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने पीडित महिलाले उनीविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर प्रहरीले उनीमाथिको अनुसन्धान नसकिँदै मंगलबार राति छाडिदिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेन्द्र काफ्लेले आफूहरूको नियन्त्रणमा रहेकी मन्त्री वलीलाई मंगलबार राति ११ बजे छाडिएको जानकारी दिए । बहालवाला राज्यमन्त्रीलाई लामो समय नियन्त्रणमा राख्न नमिल्ने भएको तथा प्रदेश सरकारबाट पनि छाडिदिन आग्रह आएकाले त्यसैअनुरूप गरेको उनको भनाइ छ ।

दाङका प्रहरी प्रमुख काफ्लेले प्रक्रिया पु¥याएर कानूनसम्मत ढंगले नै मन्त्री वलीलाई छाडिदिएको दाबी गरे ।

स्रोतका अनुसार, संसद् चलिरहेका बेला बहालवाला मन्त्रीलाई नियन्त्रणमा लिँदा गलत सन्देश जाने भन्दै प्रदेश सरकारले उनलाई छाडिदिन प्रहरीसमक्ष आग्रह गरेको थियो ।

मन्त्री वलीले मंगलबार बिहान तुलसीपुरका वाइसियल नेता एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती भण्डारी र छोरीमाथि कुटपिट गरेकी थिइन् । घटनापछि भण्डारीले आफ्ना पति एकराजलाई मन्त्री वलीले आफ्नो श्रीमान् भएको दाबी गर्दै कुटपिट गरेको बेहोरा राखी कानूनी उपचारका लागि किटानी जाहेरी दिएकी छन् । यसमाथिको अनुसन्धान नसकिँदै प्रहरीले वलीलाई छाडेको हो ।

उनलाई मंगलबार राति लुम्बिनी प्रदेशको मुकाम बुटवल पठाइएको छ ।

विवादित बनेकी मन्त्री वली दाङको प्रदेशसभा क्षेत्र नम्बर ३ (ख) का तत्कालीन प्रदेश सांसद उत्तमकुमार वलीकी श्रीमती हुन् । ०७५ फागुन १० मा सवारी दुर्घटनामा वलीको मृत्युपछि उपनिर्वाचनमा एमालेले उनकी पत्नी विमलालाई उम्मेदवार बनाएको थियो । उनी कांग्रेसका केशवराज आचार्यलाई पराजित गर्दै विजयी भएकी थिइन् ।

सांसदमा निर्वाचित भएपछि विमला अनेक विवादमा पर्दै आएकी छन् । यसअघि तुलसीपुरका वाइसिएल नेता एकराजसँग चुम्बन गरेको उनको तस्बिर सार्वजनिक भएको थियो । जसलाई उनले पछि फोटोसप गरेर जोडिएको भन्दै आफ्नो बचाउ गरेकी थिइन् ।

शंकर पोखरेल मुख्यमन्त्रीबाट बहिर्गमन हुने बेला पनि उनी एमाले र माओवादीको तानातानमा परेकी थिइन् । सुरुमा एमालेतर्फ रहेकी उनी पछि माओवादीमा खुलेकी थिइन् ।

प्रेमीकी श्रीमती कुट्ने मन्त्री वलीका अनेक फन्डा र विवादका श्रृंखला यस्ता छन्

ताजा अपडेट

नेपालवाच विशेष