NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

राज्यमन्त्री वलीप्रकरण : एमालेले संसद अवरोध गरेपछि लुम्बिनीकाे बजेट स्थगित

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणमा सरकारको जवाफ माग्दै एमालेले संसद अवरोध गरेपछि लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गर्न लागिएको बजेट स्थगित भएको छ ।

वली प्रकरणबारे लुम्बिनी प्रदेश सरकारले प्रदेश सभालाई जानकारी नदिएको भन्दै बैठक चल्न नदिने एमालेले घोषणा गरेको थियो । एमालेको घोषणासँगै २५ मिनेटलाई बैठक स्थगित भएको हो ।

संविधान बमोजिम प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । राज्यमन्त्री वलीले मंगलबार प्रेमीको श्रीमती र छोरीलाई हातपात गरेपछि एमालेले मन्त्रीको राजीनामा मागेको छ ।