राज्यमन्त्री वलीप्रकरण : एमालेले संसद अवरोध गरेपछि लुम्बिनीकाे बजेट स्थगित
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणमा सरकारको जवाफ माग्दै एमालेले संसद अवरोध गरेपछि लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गर्न लागिएको बजेट स्थगित भएको छ ।
वली प्रकरणबारे लुम्बिनी प्रदेश सरकारले प्रदेश सभालाई जानकारी नदिएको भन्दै बैठक चल्न नदिने एमालेले घोषणा गरेको थियो । एमालेको घोषणासँगै २५ मिनेटलाई बैठक स्थगित भएको हो ।
संविधान बमोजिम प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । राज्यमन्त्री वलीले मंगलबार प्रेमीको श्रीमती र छोरीलाई हातपात गरेपछि एमालेले मन्त्रीको राजीनामा मागेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया