मुसर्रफका मुख्य अंग फेल, घर फिर्ता हुन दिन सेनाले दियो राय

काठमाडौं (एजेन्सी) । २३ वर्षअघि रक्तविहीन विद्रोहमा सत्ता कब्जा गरी नौ वर्ष शासन गरेका पूर्व सेना प्रमुख पर्वेज मुशर्रफलाई दुबईबाट स्वदेश फर्कन दिने पाकिस्तानी सेनाले बुधबार बताएको छ ।
उनका पारिवारिक स्रोतले गत हप्ता ७८ वर्षीय मुशर्रफ दुबईमा रहेको र उनको शरीरका प्रमुख अङ्गहरूले काम गर्ने छोडिसकेकोले निको हुने सम्भावना कम भएको बताएको थियो । उपचारका लागि सन् २०१६ मा पाकिस्तान छोड्न अनुमति पाएपछि उनी पाकिस्तान फर्किएका छैनन् ।
जनरल मुशर्रफले आफ्नो शासन अवधिसँग सम्बन्धित थुप्रै अदालत मुद्दाहरूको सामना गरिरहेका उनलाई देशद्रोहको आरोपमा उनको अनुपस्थितिमा मृत्युदण्ड दिइएको थियो । यद्यपि, उक्त फैसलापछि रद्द गरिएको छ ।
पाकिस्तानी सेनाको ‘इन्टर सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर)’ प्रचार शाखाका प्रमुख मेजर जनरल बाबर इफ्तीखरले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘यो संस्था र यसको नेतृत्व पर्वेज मुशर्रफको खराब स्वास्थ्यलाई ध्यानमा राखेर देश फर्किन चाहेमा उनको परिवारको चाहनाअनुसार स्वदेश फर्किन दिनुपर्ने निष्कर्षमा पुगेको छ ।’
आईएसपीआरले बुधबारको दिन एएफपीलाई आफ्नो टिप्पणी पुष्टि गर्यो ।
मुशर्रफले अझै पनि देश फर्किएपछि पनि थुप्रै मुद्दाहरूको सामना गर्नुपर्ने मतहरू पनि आएका छन् ।
पाकिस्तानको स्वतन्त्रतापछि सेनाले विभिन्न समयमा लामो समयसम्म पाकिस्तानमाथि शासन गर्दै आएको छ । सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफले मुशर्रफ सेना प्रमुख रहेका समय पदबाट निलम्बन गर्न खोजेपछि मुशर्रफले सेनाको सहयोगमा राज्यसत्ताको नेतृत्व पनि सम्हालेका थिए । त्यसपछि करिब नौ वर्ष उनले पाकिस्तानमा शासन गरेका थिए ।
उनको कार्यकाल पहिले कमजोर रहेको पाकिस्तानी अर्थतन्त्र सुधारका लागि उनको नेतृत्व सफल भएको थियो । यद्यपि सत्तामा रहँदा मानव अधिकार उल्लङ्घन तथा भ्रष्टाचार गरेको आरोपमा उहाँविरूद्ध दर्जनौँ मुद्दाहरू पाकिस्तानी अदालतमा विचाराधीन अवस्थामा रहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया