संसदमा आज सांसदका प्रश्नको सामना गर्दै प्रधानमन्त्री र अर्थमन्त्री
काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ । दिउँसो १ बजेका लागि तय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले सांसदहरूको प्रश्नको सामना गर्दैछन् ।
सरकारद्वारा आगामी आर्थिक वर्षका लागि सार्वजनिक बजेटमाथि मन्त्रालय छलफल चलिरहेको छ । सांसदहरूले विनियोजित बजेटबारे केही दिनदेखि लगातार प्रश्न गरिरहेका छन् ।
मंगलबार पनि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूचीमा अर्थमन्त्रालय समावेश थियो । एमालेले विरोध गरेपछि अर्थमन्त्रीले संसद्मा जवाफ दिन पाएनन् । बुधबार भने अर्थ मन्त्रालयको जवाफ दिने विषय कार्यसूचीमा नै परेन ।
एमालेले संसदीय छानबिन समिति वा राजीनामा नदिँदासम्म अर्थमन्त्रीलाई जवाफ दिन नदिने जिकिर गरिरहेकाले आजको बैठकमा एमालेले अवरोध गर्नसक्ने सम्भावना छ ।
एमालेले अवरोध नगरेमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव आज नै पेस गर्नेछन् ।
सरकारले संसदमा पेस गरेको बजेट कार्यान्वयनका लागि संसदबाट बहुमतले पारित गर्नुपर्ने प्रावधान छ ।
ताजा अपडेट
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने


प्रतिक्रिया