NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सिंगापुर नयाँ ट्रेन्ड : महिला जागिर गर्ने, पुरुष बच्चा र घर सम्हाल्ने

काठमाडौं । डा. ताम वाई जिया ३६ वर्षकी भइन् । उनले भर्खरै आफ्नो चिकित्सा डिग्री पूरा गरेपछि आफ्नो करिअर सुरु गरिन् । उनका पति क्लिफ टमले छोराछोरीको हेरचाह गर्न सक्ने गरी आफ्नो जागिर छोडेर घरमै बस्ने निर्णय गरेका छन् ।

सिंगापुरमा पुरूषले जागिर छाेडेर घर बस्ने नयाँ र अनौठो सामाजिक प्रवृत्ति देखिएको छ ।

सिंगापुरमा त्यसो गर्ने क्लिफमात्रै होइनन् । त्यहाँको श्रम मन्त्रालयको प्रतिवेदनअनुसार गत वर्ष घरायसी जिम्मेवारी रहेको भन्दै करिब १४ हजार १ सय पुरुषले जागिर छाडेका छन् ।

टम भन्छन्, ‘यदि उनले पनि काम गर्न बाहिर गए, बालबालिकाको हेरचाहका लागि धेरै खर्च गर्नुपर्ने भएकाले यसको सट्टा उनले घरमा आफ्ना ५ र ३ वर्षीया वर्षीया छोरीहरूको हेरचाह गर्न आफैं घरमा बसेका छन् ।

यो संख्या करिब १० वर्ष अघिको तुलनामा दोब्बर हो । सन् २०११ मा बालबच्चाको हेरचाहका लागि भन्दै ६ हजार ७ सय पुरुषले जागिर छोडेका थिए । तर, महिलाहरूमा यो प्रवृत्ति उल्टो छ ।

पारिवारिक कारणले जागिर छाड्ने महिलाको संख्या एक दशकमा २७ प्रतिशतले घटेको छ । सन् २०११ मा तीन लाख २८ हजार महिलाले पारिवारिक जिम्मेवारीका कारण काम जोडेका थिए । सन् २०२१ मा २ लाख ३९ हजार महिलाले मात्रै काम छोडे । यो तथ्यांकले लैगिंक समानतालाई संकेत गरेको विज्ञहरु विश्वास गर्छन् ।

सेन्टर फर फादरिङका प्रमुख कार्यकारी ब्रायन ट्यान भन्छन्, ‘पुरुषहरूले घरमै बस्न रोजिरहेका छन् । कतिपयले आफ्नी श्रीमतीको काम धेरै राम्रो भएकोले यस्तो गरिरहेका छन् । उनीहरू समाजले लैङ्गिक समानतालाई बढी जोड दिँदा र महिलाको विकासलाई जोड दिँदै पुरुषहरू घरेलु काम सम्हाल्नका लागि आफ्नो जागिर छोड्न इच्छुक देखिन्छन् ।’