सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेका छ ।
बुधबार १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २० रुपैयाँले बढेर १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया