NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

संसद्मा अर्थन्त्रीको जवाफ : स्यानिटरी प्याडका सन्दर्भमा रातो कर माफ गर भनेर नारा लगाइएको होइन

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन समय दिएका छन् ।

जवाफका क्रममा अर्थमन्त्री शर्माले चालु आवको बजेटका सन्दर्भमा प्रतिस्थापन विधेयक ल्याउँदा स्यानिटरी प्याडका सन्दर्भमा रातो कर माफ गर भनेर नारा नलगाएको बताएका छन् । ‘महिलाले रातो कर माफ गर भन्नुभएको होइन । त्यो भन्नु एक हिसाबले लज्जाको विषय नै थियो ।’

उद्योगीलाई पनि संरक्षण गर्न खोजेका अर्थमन्त्रीको भनाइ छ । सरकार आफैँले दुई अर्ब बराबरको खरिद गर्छ । सरकारले आयकर र कच्चा पदार्थ आयात गर्दा लाग्ने शुल्कमा छुट दिइएको उनले बताए ।