अर्थमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल एमालेबाट संसद बैठक बहिस्कार
काठमाडौं । नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग राख्दै संसद बैठक बहिस्कार गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनमा माग्दै संसद बैठक बहिस्कार गरेको घाेषाणा गरेकाे हो ।
‘बजेट निर्माणको क्रममा अर्थमन्त्रीकै कार्यकक्षा अनाधिकृत व्यक्ति प्रवेश गरी राजश्व हेरफेर गरी गम्भीर राष्ट्रघात भएको छ । यस विषयाम छानविन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गर्छौं’, भट्टराईले भने, ‘मध्यराति भएको सिसिटीभि फुटेजसहित जनतालाई सही सूचना दिनुपर्छ । यो विषयमा उचित छानविन नभएसम्म एमालेले संसद बैठक बहिस्कार गर्छ ।’
भट्टराईले आफ्नो सम्बोधन गरे लगत्तै एमाले सांसदले बिहीबारको बैठक बहिस्कार गरे । सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री शर्माले बजेट प्रकृयागत रूपमा नै निर्माण भएको जवाफ दिए । मध्यराति आफू मन्त्री क्वाटरमा आएको र भोलिपल्ट बिहानमात्रै मन्त्रालय गएको स्पष्टिकरण उनले दिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया