खाना खाएपछि नुहाउन हुँदैन

काठमाडौं । खाना हाम्रो जीवनको अपरिहार्य कुरा हो । खानासँग व्यक्तिको जीवन जोडिएको हुन्छ । खानपान व्यक्तिको स्वास्थ्यसँग पनि जोडिएको हुन्छ । खाना खाइसकेपछि नुहाउन राम्रो मानिदैन । आयुर्वेदमा यसलाई उचित मानिदैँन ।
आयुर्वेदका अनुसार मानिसको दिनचर्याका लागि निश्चित समय तोकिएको हुन्छ । आयुर्वेदमा खाना खाएपछि दुई घण्टासम्म नुहाउन नहुने उल्लेख गरिएको छ ।
खाना खाएपछि पञ्च तत्वमध्ये अग्नि तत्व सक्रिय हुन्छ, जसले पाचनका लागि रगतको सञ्चार बढाउँछ । खाना खाइसकेपछि नुहाउनाले मेटाबोलिज्म सुस्त पार्छ । पाचन प्रक्रिया राम्रो हुनाका लागि शरीर तात्न जरुरी हुन्छ । खाना खाएपछि चिसो पानीले नुहाउँदा शरीरकाे तापक्रम घट्छ र पाचन प्रणालीमा असर गर्छ ।
खाना खाए पछि नुहाउनाले पुरै शरिरमा गढबडी आउँछ । त्यसैले खाना खाए पछि २ देखि ३ घण्टामा नुहाउनु पर्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया