तालिवानले सरकार बनाएपछि इरानमा बढे अफगानी बाल मजदुर
काठमाडौं (एजेन्सी) । इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको पाइएको छ ।
अफगानिस्तानमा तत्कालिन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्यसको असर बालबालिकामा परेको हो ।
गत सन् २०२१ को अगस्ट १५ मा अफगानिस्तानमा तलिवान विद्रोहीले सत्ता कब्जा गरेका थिए । त्यसपछि इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।
इरानी सञ्चार माध्यमले सार्वजनिक गरेको विवरण अनुसार अफगानिस्तानमा तालिवान सरकार बनेदेखि अहिलेसम्म इरानमा अफगानी बाल मजदुरहरुको सङ्ख्या २० गुणा बढेको छ ।
विश्व बाल मजदुर दिवसको अवसर पारेर सार्वजनिक गरिएको विवरणमा बाल अधिकारका दृष्टिले बाल मजदुरहरुको सङ्ख्या बढ्नु अत्यन्त चिन्ताजनक भएको उल्लेख गरिएको छ ।
तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि आफ्नो देशमा बस्ने तथा पढ्ने वातावरण नभएको भन्दै उनीहरु इरान गएको पाइएको छ ।
राजनीतिक तथा आर्थिक कारणले अफगानिस्तानका धेरै बयस्कहरु इरान गएको र उनीहरुसँगै बालबालिकाहरु पनि गएकाले इरानमा अफगानी बाल मजदुरहरुको सङ्ख्या बढेको प्रतिवेदनमा लेखिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया