NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

तालिवानले सरकार बनाएपछि इरानमा बढे अफगानी बाल मजदुर

काठमाडौं (एजेन्सी) । इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको पाइएको छ ।

अफगानिस्तानमा तत्कालिन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्यसको असर बालबालिकामा परेको हो ।

गत सन् २०२१ को अगस्ट १५ मा अफगानिस्तानमा तलिवान विद्रोहीले सत्ता कब्जा गरेका थिए । त्यसपछि इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।

इरानी सञ्चार माध्यमले सार्वजनिक गरेको विवरण अनुसार अफगानिस्तानमा तालिवान सरकार बनेदेखि अहिलेसम्म इरानमा अफगानी बाल मजदुरहरुको सङ्ख्या २० गुणा बढेको छ ।

विश्व बाल मजदुर दिवसको अवसर पारेर सार्वजनिक गरिएको विवरणमा बाल अधिकारका दृष्टिले बाल मजदुरहरुको सङ्ख्या बढ्नु अत्यन्त चिन्ताजनक भएको उल्लेख गरिएको छ ।

तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि आफ्नो देशमा बस्ने तथा पढ्ने वातावरण नभएको भन्दै उनीहरु इरान गएको पाइएको छ ।

राजनीतिक तथा आर्थिक कारणले अफगानिस्तानका धेरै बयस्कहरु इरान गएको र उनीहरुसँगै बालबालिकाहरु पनि गएकाले इरानमा अफगानी बाल मजदुरहरुको सङ्ख्या बढेको प्रतिवेदनमा लेखिएको छ ।