पहिरोमा परी घाइते भएकाको हेलिकोप्टरबाट उद्धार
ताप्लेजुङ । गए राति ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङको तेम्फुमा गएको पहिरोमा परी गम्भीर घाइते ३५ वर्षीय विष्णु अधिकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको आग्रहमा गृह मन्त्रालयमार्फत घाइते अधिकारीको उद्धार गरी सदरमुकाम फुङ्लिङ ल्याई पु-याएको जिल्ला प्रहारी कार्यालयले जनाएको छ ।
पोखरेलले भने, ‘अहिले हेलिकप्टरमार्फत नेपाली सेनाको भीमकाली गुल्मको ब्यारेकमा ल्याएर जिल्ला अस्पतालका चिकित्सकले उपचार गर्दैछन्, थप उपचारका लागि विराटनगरको कोसी अस्पताल पठाउने तयारी भइरहेको छ ।’ पहिरोमा परी ५८ वर्षीया तुलसा अधिकारी र ३३ वर्षीया यशोदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कैलाश राईले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया