विन्ध्यवासिनी हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न, १६ लाख ५५ हजारको हात खाली
काठमाडाैं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपिओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा शुक्रबार दिउँसो ३ बजेपछि आइपीओ बाँडफाँड गरिएको थियो ।
आइपिओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । जसमा १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ३६ हजार ५ सय जनाले मात्रै कम्पनीको आइपिओ पाएका छन् । आवेदन दिएका लगानीकर्ताहरुमध्ये १६ लाख ५५ हजार ३ सय ९५ जना आवेदको हात भने रित्तो भएको छ ।
यसमा कुल १८ लाख ४८ हजार ७०१ जनाले २ करोड १९ लाख ७२ हजार ५२० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आइपिओमा मागभन्दा १६.०९७ गुणा बढी आवेदन परेको थियो ।
विन्ध्यवासिनीले जेठ २० गतेबाट २५ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको हो । कुल १५ लाख कित्तामध्ये ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४५ अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया