NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

विन्ध्यवासिनी हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न, १६ लाख ५५ हजारको हात खाली

काठमाडाैं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपिओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा शुक्रबार दिउँसो ३ बजेपछि आइपीओ बाँडफाँड गरिएको थियो ।

आइपिओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । जसमा १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ३६ हजार ५ सय जनाले मात्रै कम्पनीको आइपिओ पाएका छन् । आवेदन दिएका लगानीकर्ताहरुमध्ये १६ लाख ५५ हजार ३ सय ९५ जना आवेदको हात भने रित्तो भएको छ ।

यसमा कुल १८ लाख ४८ हजार ७०१ जनाले २ करोड १९ लाख ७२ हजार ५२० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आइपिओमा मागभन्दा १६.०९७ गुणा बढी आवेदन परेको थियो ।

विन्ध्यवासिनीले जेठ २० गतेबाट २५ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको हो । कुल १५ लाख कित्तामध्ये ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४५ अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो ।