मंकीपक्सको आशंका गरिएको बिरामीमा कुष्ठ रोग पुष्टि
काठमाडौं । मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएर चिकित्सकको निगरानीमा रहेका युवकमा कुष्ठ रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकु अस्पतालमा रहेका ती युवकमा कुष्ठरोगको जीवाणु भेटिएको हो ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोगको जीवाणु भेटिएको जानकारी दिएकी हुन् ।
दुबईबाट नेपाल फर्किएका ती युवकमा मंकीपक्ससँग मिल्ने लक्षण देखिएपछि बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । ती व्यक्तिलाई ज्वरो पनि आएको र हातमा बिबिरा देखिएकाले विमानस्थलबाट सिधै टेकु अस्पताल लगिएको थियो ।
विश्वका २९ देशमा देखिएको मंकीपक्सको संक्रमण नेपालमा अहिलेसम्म पुष्टि भएको छैन । विश्वभर १ हजारभन्दा बढी व्यक्तिमा यसको संक्रमण पुष्टि भइसकेको छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया