NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अफगानिस्तानको मस्जिदमा विस्फोट, एकको मृत्यु, छ घाइते

काठमाडौं (एजेन्सी) । उत्तरी कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा रहेको मस्जिदमा शुक्रबार विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य छ जना घाइते भएका बताइएको छ ।

देशको उत्तरी क्षेत्रमा रहेको आलेफबर्डी मस्जिदमा स्थानीय समयअनुसार दिउसो १ः३५ बजे भएको उक्त विस्फोटको एक प्रत्यक्षदर्शीले पुष्टि गर्दै भने, “मश्जिदमा दर्जनौं उपासकले प्रार्थना गरिरहेका थिए । विस्फोटमा परी कम्तीमा एकजनाको मृत्यु भएको र थप छ जना घाइते भएका छन् ।”

यसैबीच अर्का प्रत्यक्षदर्शी मोहम्मद करीमले मस्जिदभित्र भएको विस्फोटमा एक जनाकोे मृत्यु भएकोे र केही उपासकहरू घाइते भएका बताए । कुन्दुज प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले विस्फोटको पुष्टि गर्दै यो विस्फोटमा मानवीय क्षतिसमेत भएको तर यसबारे अनुसन्धान पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए ।

यस आक्रमणको अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले जिम्मेवारी दाबी गरेको छैनन् । अप्रिलको अन्ततिर कुन्दुज प्रान्तको एउटा मस्जिदमा पनि यस्तै विस्फोट भएको र उक्त विस्फोटको कट्टर इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको थियो । उक्त घटनामा झन्डै तीन दर्जनको मृत्यु भएको र अन्य ४० जनाभन्दा बढी घाइते भएका थिए ।