अमेरिकी शिक्षकलाई रुसमा १४ वर्षको काराबास सजाय
काठमाडौं । रसियन अदालतले एक अमेरिकी शिक्षक तथा पूर्व कूटनीतिज्ञलाई १४ वर्षको कारावास सजाय सुनाएको छ ।
मस्कोस्थित अमेरिकी दूतावासका पूर्व कर्मचारी मार्क फोजेललाई ठूलो मात्रामा गाँजा तस्करीमा संलग्नको आरोपमा रुसी अदालतले जेल सजाय सुनाएको हो ।
‘अमेरिकी नागरिक फोजेल दोषी पाइएका छन्,’ मस्कोको एक अदालतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बिबिसीका अनुसार, फोजेल गिरफ्तारमा पर्नुअघि अंग्रेजी शिक्षकका रूपमा एक विद्यालयमा कार्यरत थिए ।
फोगेललाई अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनर विरुद्ध गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको त्यही क्षेत्राधिकारमा सजाय सुनाइएको हो ।
विज्ञप्तिमा जनाइएअनुसार, अंग्रेजी शिक्षकले व्यावसायिक उद्देश्यबिना लागूपदार्थको ठूलो मात्रामा अवैध भण्डारणका अतिरिक्त त्यसको तस्करी गरेका थिए ।
६० वर्षीय फोजेल १५ अगस्ट २०२१ मा शेरेमेत्येभो एयरपोर्टमा समातिएका थिए । जतिबेला उनको साथमा लगभग १७ ग्राम गाँजा रहेको उनले वकिलहरूलाई बताएका थिए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया