NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अमेरिकी शिक्षकलाई रुसमा १४ वर्षको काराबास सजाय

काठमाडौं । रसियन अदालतले एक अमेरिकी शिक्षक तथा पूर्व कूटनीतिज्ञलाई १४ वर्षको कारावास सजाय सुनाएको छ ।

मस्कोस्थित अमेरिकी दूतावासका पूर्व कर्मचारी मार्क फोजेललाई ठूलो मात्रामा गाँजा तस्करीमा संलग्नको आरोपमा रुसी अदालतले जेल सजाय सुनाएको हो ।

‘अमेरिकी नागरिक फोजेल दोषी पाइएका छन्,’ मस्कोको एक अदालतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बिबिसीका अनुसार, फोजेल गिरफ्तारमा पर्नुअघि अंग्रेजी शिक्षकका रूपमा एक विद्यालयमा कार्यरत थिए ।

फोगेललाई अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनर विरुद्ध गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको त्यही क्षेत्राधिकारमा सजाय सुनाइएको हो ।

विज्ञप्तिमा जनाइएअनुसार, अंग्रेजी शिक्षकले व्यावसायिक उद्देश्यबिना लागूपदार्थको ठूलो मात्रामा अवैध भण्डारणका अतिरिक्त त्यसको तस्करी गरेका थिए ।

६० वर्षीय फोजेल १५ अगस्ट २०२१ मा शेरेमेत्येभो एयरपोर्टमा समातिएका थिए । जतिबेला उनको साथमा लगभग १७ ग्राम गाँजा रहेको उनले वकिलहरूलाई बताएका थिए ।