खेत मासेर घर नबनाऊँ : पौडेल
'कांग्रेसले गरेका कामको प्रचार हुन सकेन'

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको दाबी गरे ।
“यति धेरै भौतिक संरचना बनेका छन्, तनहुँवासीको आर्थिक उन्नति, रोजगारी सिर्जना भएको छ, तर कांग्रेसले गरेको हो भनेर प्रचार गर्न सकेनौँ,” पौडेलले भने ।
वरिष्ठ नेता पौडेलले कांग्रेसकै कारण जिल्लामा उल्लेख्य विकास भएको दाबी गरे ।
२०४७ सम्म पृथ्वीराजमार्गबाहेक बाटोको पहुँच नभएको जिल्लामा कांग्रेसकै कारण बाटोघाटोमा ठूलो विकास भएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भने, “शिक्षा, स्वास्थ्य, खानेपानीलगायतमा पनि हाम्रो ठूलो लगानी छ ।”
वरिष्ठ नेता पौडेलले गत निर्वाचनबाट केपी शर्मा ओलीको सरकारलाई देश बनाउनका लागि पाँच वर्षको म्याण्डेट दिइए पनि आपसी द्वन्द्वका कारण सरकार परिवर्तन भएको उल्लेख गरे । “देशको विकास होस् भन्ने हाम्रो पनि चाहना थियो, तर उहाँहरूकै झगडाका कारण कांग्रेस नेतृत्वमा सरकार बनेको छ,” पौडेलले भने ।
वरिष्ठ नेता पौडेलले कांग्रेस कमजोर हुनुमा कांग्रेसले जनताको चाहनाअनुसार काम नगर्नु मुख्य कारण रहेको अगाडि थपे, “कम्युनिष्टहरू मिलेका कारण पनि कांग्रेस कमजोर भयो, तर जनताको चाहनाअनुसार काम गर्न सकिए कांग्रेस एक्लै बलियो हुन्छ ।”
संविधान निर्माणका लागि कांग्रेसको योगदानलाई जनताले भुल्न नसक्ने पनि उनले बताए
वरिष्ठ नेता पौडेलले उत्पादनमुखी हुनुपर्नेमा जोड दिँदै खेत मासेर घर बनाउने कार्य नगर्न सुझाव दिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया