इक्वेडरका तीन प्रदेशमा किन लगाइयो संकटकाल ?

काठमाडौं (एजेन्सी) । इक्वेडरका तीन प्रदेशमा शुक्रबार सङ्कटकाल घोषणा गरिएको छ ।
राष्ट्रपति गुयलेरमो लासोले एन्डीज क्षेत्रमा पर्ने तीन प्रदेशमा कम्तीमा ३० दिनका लागि भन्दै सङ्कटकालको घोषणा गरेका हुन् ।
उनका अनुसार पिचिन्चा, इम्बाबुरा र कोटोपाक्सीलाई थप हिंसा हुन नदिनका लागि सङ्कटकाल घोषणा गरिएको हो ।
पछिल्लो पाँच दिनमा त्यस क्षेत्रमा धेरै हिंसात्मक घटनाहरू भएकाले सङ्कटकाल लगाउनु पर्ने वाध्यता आइपरेको उनको भनाइ छ ।
सङ्कटकाललाई प्रभावकारी बनाउन स्थानीय समय अनुसार हरेक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश पनि जारी गरिएको छ ।
दक्षिण अमेरिकी यस मुुलुकमा लामो समयदेखि स्थानीय आदिवासी समूह र राज्य पक्षका बीचमा द्वन्द्व चल्दै आएको छ । द्वन्द्वका कारण ठूलो धनजनको क्षति भएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
प्रतिक्रिया