NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

१८५ यात्रु बोकेर उडिरहेको विमानमा आगो लाग्यो

काठमाडौं । पटनाबाट दिल्ली जाँदै गरेको स्पाईसजेटको उडान एसजी-७२३ को इन्जिनमा आइतबार आगलागी भएको छ । आगलागीपछि विमानको सुरक्षित अवतरण गरिएको छ । आगलागीका कारण इन्जिनबाट धुवाँ निस्किएको थियो ।

चरा ठोकिएपछि इन्जिनमा आगलागी भएको डिजिसिएले जनाएको छ । विमान आइतबार राति ११.५५ बजे उडेको थियो ।

उड्ने क्रममा बायाँ पखेटामा ठूलो आवाजले आगो लाग्यो, यसको १० मिनेटपछि पाइलटले विमानलाई विमानस्थलमा सुरक्षित अवतरण गराए ।

सबै यात्रु विमानस्थलभित्रै छन् । यात्रुलाई दिउँसो ४ बजे अर्को उडानबाट दिल्ली पठाउने तयारी भइरहेको छ ।