NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अवरुद्ध सिस्नेरी सडकखण्ड पुनः सञ्चालन

मकवानपुर । पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्ड आजदेखि पुनःयातायात सञ्चालनमा आएको छ । केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग पर्ने सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मंगलबार खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको थियो । हेटौँडाबाट संघीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।