अवरुद्ध सिस्नेरी सडकखण्ड पुनः सञ्चालन
मकवानपुर । पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्ड आजदेखि पुनःयातायात सञ्चालनमा आएको छ । केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग पर्ने सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मंगलबार खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको थियो । हेटौँडाबाट संघीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया